No.1 News Portal from Sudurpashchim Province
bajaj

क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर मस्ती गर्ने अधिकृत प्रमाण नष्ट गर्न कोठा रङरोगन गरेर चम्काउदै

गोकुलेश्वर । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि उनले भिडियोमा देखिएको कोठामा रङरोगन गर्न लगाएका छन् ।

pm office

उनले प्रमाण नष्ट गर्न आफ्नो बेड रुममा रङाइएको हरियो रङमा पहेला (गेरु) रङ लगाएका हुन् । पहिलो पटक रङ कोडिङ गर्दा पहिलोको हरियो रङ पनि हल्का देखिएको छ । भिडियोमा देखिएको एसीले भने कोठा नगरकै क्वार्टर भएको पुष्टि गर्छ । क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर अनैतिक गतिविधि गर्दै आएका उनको भिडियो टिकटक लाइभमार्फत बाहिरिएको थियो ।

गल्ती ढाकछोप गर्न प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरकै बजेट दुरुपयोग गरेर क्वार्टरमा रङरोगन गरेर प्रमाण नष्ट गर्न सुरु गरेका हुन् । भिडियोमा देखिएको कोठा नगरको क्वार्टर नभई काठमाडौंको एक होटल भएको दाबी गर्दै आएका निरौलाले क्वार्टर नभएको पुष्टि गर्न रङरोगन गरेका हुन् । रातारात क्वार्टरमा रङरोगन किन गर्नुभएको ? भन्ने कान्तिपुरको प्रश्नमा निरौलाले नियमित सरसफाईअन्तर्गत कोठाको रङरोगन गरिएको दाबी गरे ।

अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि सार्वजनिक भएको थियो । नगर प्रमुख रामकुमार थापाले घटनाबारे नबोल्ने भन्दै पन्छिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.