No.1 News Portal from Sudurpashchim Province
bajaj

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

गोकुलेश्वर । भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तीज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा बबिनाकै सङ्गीत सुन्न सकिन्छ ।

pm office

तीज पर्व नजिकिएसँगै गायक गायिकाहरूले यसलाई लक्षित गर्दै आफ्ना सृजनाहरू दर्शकमाझ पस्किरहेका छन् । गायिका बबिना भट्टराईले पनि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन् ।

केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ । ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरूमा समर्पित रहेको छ । सांस्कृतिक सम्पत्तिको रूपमा सिर्जना गरिएको तीजको कोसेली साना साना नानीहरूको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागि यो गीत तयार पारिएको गायिका भट्टराईले बताइन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.