No.1 News Portal from Sudurpashchim Province
bajaj

कोशीमा काम चलाउ सरकारको विवाद चुलिँदा सेना परिसान

गोकुलेश्वर । कोशी प्रदेशमा कामचलाउ सरकारको विवाद बढेपछि नेपाली सेनाको ओहोर दोहोर वढेको छ । सर्वोच्चको आदेशपछि एमाले नेता हिक्मतकुमार कार्कीको निवासमा सुरक्षाका लागि खटिएको नेपाली सेनाको टुकडी शनिबार बिहान फर्किएको छ ।

सेनाको टुकडी शुक्रबार साँझ कार्की निवास पुगेको थियो। सेना कार्की निवासमा पुगेपछि उनी कामचलाउ सरकारका मुख्यमन्त्री वन्ने अड्कल गरिएको थियो। तर, शनिवार सेना बसाई सरेपछि उनको मुख्य मन्त्री बन्ने सम्भावना कमजोर देखिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कामचलाउ सरकारको मुख्यमन्त्री नतोकोक्दा कोशी प्रदेश शुक्रबारदेखि नै सरकारविहीन छ । कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख प्रशुराम खापुङले गरेको निर्णय सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार बदर गरिदिएपछि प्रदेश सरकारविहीन अवस्थामा पुगेको हो ।

pm office

सर्वोच्चको आदेशले प्रदेश सरकार असार १७ मा नै पुगेकाले प्रदेश प्रमुख खापुङले तत्कालीन मुख्यमन्त्री एमालेका हिक्मतकुमार कार्कीलाई कामचलाउ सरकार तोकेको पत्र दिनुपर्ने कानुनविद्को भनाइ छ । तर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय शुक्रबार गरे पनि कामचलाउ सरकारको विषयमा मौन देखिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मुख्यमन्त्रीको नाम उद्धव थापा नै उल्लेख छ । कार्यालयमा पनि उनको नै नाम छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार कामचलाउ सरकारको विषयमा प्रदेश प्रमुखबाट कुनै निर्णय नभएको बताएका छन् ।

सर्वोच्चको फैसला अनुसार आफु मुख्यमन्त्री भएको कार्कीको दावी छ। जुन विन्दुबाट संविधान डिरेल भयो त्यही विन्दुमा फर्काएपछि आफू कामचलाउ सरकारको मुख्यमन्त्री भएको उनको भनाई छ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले नै खारेज भइसकेका मुख्यमन्त्री उद्धव थापालाई कामचलाउ मुख्यमन्त्रीका रूपमा काम गर्न विभिन्न ठाउँबाट दबाब दिन लगाइरहेको कार्कीको आरोप छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.