No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपालीले एक बर्षमा दुई करोडको सियो बिदेशबाट मगाएर कपडा सिले

गोकुलेश्वर । भन्सार विभागले गत आर्थिक वर्षमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोडभन्दा बढी रकम बाहिरिएको जनाएको छ ।

गत आवमा एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार बराबरको राजस्व संकलन गरेको छ ।

pm office

त्यसैगरी विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ ।

सार्वजनिक विवरणअनुसार गत आवमा एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन्। एक वर्षमा एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रुु) तथा बोल्ट १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको आयात भएको छ ।

विभागका अनुसार गत आवमा १५ कारोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.