No.1 News Portal from Sudurpashchim Province
bajaj

राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को-को भए मन्त्री ?

गोकुलेश्वर। चुनाव घोाषणा गरेको कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । पार्टीको उपेन्द्र यादव पक्षबाट कारवाहीमा परेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले आजै साँझ सपथ लिदँदै छन् ।

महन्थ ठाकुर पक्षका जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमतिपछि १० जनाको नाम बुझाइएको र आजै साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको हो ।

pm office

जसपाका तर्फबाट मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् । उनीहरुले कुन कुन मन्त्रालय पाए त्यसको जानकारी सपथग्रहणको समयमा गराउने कर्णले बताए ।

स्रोतका अनुसार, राजेन्द्र महतो उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री बन्ने छन् ।त्यस्तै शरद सिंह भण्डारी ऊर्जा तथा जसस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी, महिला तथा बालबालिका र एकबाल मियाँ युवा तथा खेलकूद मन्त्री बन्ने सहमित भएको छ ।

चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला बालबालिका राजयमन्त्रीमा सपथ लिने जसपा ठाकुर पक्षका नेताहरुले बताएका छन् । आफैंले चुनाव घोषणा गरेर कामचलाऊ बनेको ओली सरकारले नयाँ मन्त्रीहरु चयन गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.