No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाल कब्जा गर्ने भारतको षडयन्त्र हर्क साम्पाङको चर्चले असफल पारेको दावी

pm office

गोकुलेश्वर । क्रिश्चियनहरुको समर्थन गरेर हिन्दुहरु विरुद्ध अभिब्यक्ति दिन थालेपछि विवादमा परेका धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङको वचाउमा पुन्य गौतम अगाडि सरेका छन् ।
ठुलो स्वरमा चिच्याएर बोल्ने, प्रसंग विनाका उदाहरण जोड्ने, एउटा प्रसंगमा वोल्दा बोल्दै अर्को प्रसंगमा छिर्ने र अचानक थरर्र कामेर औला ठड्याउँदै चिच्याउने गौतमले हर्कलाई विवादमा ल्याउन भारतले षडयन्त्र गरेको भन्न समेत भ्याएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा उनले हिन्दु धर्मगुरु श्रीवासले हर्कलाई हिलो छ्याप्ने योजना वनाएको वताए। आसय र तर्क सुन्दा गौतम सामपाङको प्रवक्ता जसरी प्रस्तुत भएका छन् । उनको यो भिडियो सामपाङले समेत सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
भिडियोमा गौतम भन्छन– ‘वनारसी पन्डा, धर्मको ठेकेदार सम्झने, धर्मभीरुले फण्डाको अण्डा कोरालेको हो । यसमा कुनै तुक छैन । हर्क किरात हुन, प्रकृति पुजक हुन, शैव समुदायका हुन । उनलाई जवरजस्ती किन क्रिश्चियन वनाएको ?’
‘एउटा लामो घाँटी गर्ने, फण्डाको अण्डा कोरल्ने, डलरको खेती गर्ने, काण्ड बाहेक दायाँवायाँ नहेर्ने, फोटोकपी मेसिनवाला, पढेको पनि छैन, लेखेको पनि छैन । हाहाकार गर्नेले हर्क साम्पाङलाई पाष्टर भन्ने अधिकार कहाँबाट दियो ?’ भन्दै उनले प्रश्न गरेका छन् ।
मन्दिरको छेउमा बनेको चर्च भत्काउँने कुरा आएपछि मिसिनरीबाट युरो र डलरमा आधारित क्रिस्चियनहरु हतियार उठाएर वसेको भन्दै उनले हिन्दु समुदायलाई अप्रत्यक्ष रुपमा धम्क्याउने प्रयास गरेका छन् ।
शब्दमा नभनेपनि उनले हिन्दु धर्मभन्दा क्रिश्चियन धर्म नै ठिक हो भन्ने आशयमा अभिब्यक्ति दिएका छन् । भारतको मणिपुरमा जारी हिंसाको उदाहरण दिदै उनले भनेका छन्–‘धर्मका नाममा सयौं मान्छे मार्न पाईन्छ ? हिन्दु धर्ममा जातिय विभेद छ, दलितमाथि भेदभाव छ, मन्दिर जान रोक लाग्छ ।’
हर्क साम्पाङ भविष्यमा राजनीतिमा नउदाउन भनेर अहिलेदेखि नै उनलाई वद्नाम गर्ने, हिलो छ्याप्ने काम भएको उनको आरोप छ। ‘भारत के चाहान्छ भने हर्क साम्पाङ जस्तो मुलवासी÷आदिवासी यो देशको प्रधानमन्त्री÷राष्ट्रपति नहोस। राजनीतिक नेता नहोस’ उनले भनेका छन् ।
हर्क सामपाङमा समावेसी चरित्र रहेको र कसैलाई पनि विभेद नगरेको भन्दै उनले मोदीलाई प्रश्न गरेका छन्–‘नेपाललाई हिन्दु राष्ट्र बनाउनै पर्ने किन ? उलले आफनो देशलाई हिन्दु राष्ट्र वनाउँदैन ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.