No.1 News Portal from Sudurpashchim Province
bajaj

बहिनीले झोसिन् दाजुको घर र गोठमा आगो

गोकुलेश्वर । गएराति मानसिक अवस्था ठिक नभएकी मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षीया मीना विकले दाजु दुर्गा विकको दुई तले जस्ताले छाएको घर र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

pm office

निन्युखर्क घर भएकी विक विगत पाँच वर्षदेखि दाजुको घरमा बस्दै आएकी थिइन् । आगलागीका कारण घरमा भएको तीन लाख पचाँस हजार नगद, सुनका गरगहना करिब चार तोला गरी १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.