
गोकुलेश्वर। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६५७ जनाको नमुना परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
जसमा ५ पुरुष र १ महिला गरी ६ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्। यस्तै धनगढी बाहेक कैलालीका ४२ जना र अन्य जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालबाट १० जना निको भएर घर फर्केका छन् भने थप ८ जना नयाँ संक्रमित भर्ना भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत २ जना संक्रमितले ज्यान गुमाएका छन्। कैलालीको गोदावरी नगरपालिका–९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ का ५७ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।



