No.1 News Portal from Sudurpashchim Province
bajaj

आमा–छोरा मिलेर होटलभित्रै वरिष्ठ सईको हत्या गरेको खुलासा

गोकुलेश्वर । बागलुङमा झुन्डिएको अवस्थामा मृत भेटिएका वरिष्ठ सई उज्वल पौडेलको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

pm office

इलाका प्रहरी कार्यालय भीमगिठ्ठेका इन्चार्ज पौडेल नजिकै बजारमा रहेको आशा होटल एन्ड लजमा सोमबार राति झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार पौडेललाई कुटपिटपछि बेहोस भएका कारण होटल सञ्चालकले पर्दाले घाँटीमा कसेर झुन्ड्याएका थिए ।

प्रहरीले ५१ वर्षीय आशा कुँवर र २० वर्षीय विनोद कुँवरलाई पक्राउ गरेको छ । उनीहरू आमाछोरा हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.