गोकुलेश्वर । श्रीमतीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

२३ वर्षीया श्रीमती यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माइती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको बारा प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।



