No.1 News Portal from Sudurpashchim Province
bajaj

घर जलाएको मुद्दामा प्रहरीले अनुसन्धान सक्यो तर अझै भेटिएनन् अन्तरजातीय बिहे गर्ने युवा र किशोरी

गोकुलेश्वर । जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपालीले सोही गाउँकी १४ वर्षीय किशोरीलाई भगाएको २८ दिनसम्म पनि उनीहरू भेटिएका छैनन्।

नेपालीले ती किशोरीलाई भगाएर कहाँ लगे भन्ने सुइँको समेत प्रहरीले पाउन सकेको छैन। एकाएक गाउँबाट हराएका उनीहरूलाई खोज्न प्रहरीले विभिन्न संयन्त्र लगायो तर उनीहरू अझै भेटिएका छैनन्।

तर, तल्लो जातका युवाले आफ्नी बहिनी लगेको भन्दै उनको घर जलाउने किशोरीका दाइ हिक्मत गिरी र मतियार भएको भन्दै बुवा श्रीराम गिरी र काका नारायण गिरी विरुद्ध दिएको जाहेरीको भने अनुसन्धान सकिएको छ।

उनीहरूमाथि गरिएको अनुसन्धान प्रतिवेदन प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालय जुम्लामा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी धर्मराज जोशीले बताए।

pm office

‘हामीले जाहेरी परेका तीन जनाको अनुसन्धान सकेर त्यसको प्रतिवेदन समेत मंगलबार सरकारी वकिलको कार्यालयमा बुझाएका छौँ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘ती युवा र किशोरीलाई खोज्न हामीले विभिन्न संयन्त्र परिचालित गरे पनि अझै भेटिएका छैनन्। स्थानीय र गाउँलेले समेत यो विषयमा बोल्दैनन्।’

प्रहरीले प्राविधिक र व्यवहारिक रूपमा जनशक्ति खटाएकोले छिट्टै उनीहरूलाई खोज्न सफल भइने निरीक्षक जोशीको भनाइ छ।

असार १३ गते किशोरी पक्षले छोरीलाई दलितले भगाएकोले खोजी पाऊँ भन्दै प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

तर, असार १७ गते राति काठमाडौंबाट जुम्ला आएर ती किशोरीका दाइ हिक्मतले केटाको घरमा आगजनी गरेपछि घटनाले झन् ठूलो रूप लिएको थियो।

अन्तरजातीय विवाह गर्ने युवा र १४ वर्षीया किशोरी सम्पर्कविहीन, जाहेरी परेका दुई जना पनि फरार
बहिनीलाई दलितले भगाएको भन्दै घर जलाएर खरानी बनाइदिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.