No.1 News Portal from Sudurpashchim Province
bajaj

नदीले बगाउँदा महिला बेपत्ता

pm office

गोकुलेश्वर । रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

सम्मरीमाइ गाउँपालिका– ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दानव खोलामा दाउरा लिन जाँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीका अनुसार दिउँसो पौने १२ बजे यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा दानव खोलामा आएको बाढीले मानती यादवलाई बगाएको हो ।
बेपत्ता यादवको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले खोजी गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.