No.1 News Portal from Sudurpashchim Province
bajaj

यो हो ‘क्विन्टल सुन’ ल्याएको भन्दै हिरासत परेका दिलीपको घर !

pm office

गोकुलेश्वर । दोलखाको चरिकोटबाट मोटरसाइकलमा डेढ घण्टाको कच्ची बाटो हिँडेपछि पुगिन्छ मेलुङ गाउँपालिका १ पवटी भीरपाखा जमिन भएको त्यो ठाउँमा समथर ठाउँ भेट्न मुस्किल छ ।

त्यही गाउँमा छ दिलीप भुजेलको घर। जो गत डेढ क्विन्टल सुन तस्करीको अभियोगमा प्रहरीको न्यायिक हिरासतमा छन् ।
दिलीप भुजेलको ढुंगा र माटोले बनेको कच्ची घर छ । जस्ताले छाएको अति साधारण घरको हालत दया लाग्दो छ । माथिल्लो तलामा जस्ताले छाए पनि प्वाल परेकाले आकाशै देखिन्छ ।
प्रस्ट छ, घरको तल्लो तला जसोतसो बस्न लायक भए पनि माथिल्लो तल्लामा बर्खामा आकाशे पानी र हिउँदमा चिसो ओत लाग्दैन । यसकारण भएभरका अन्नपात बाहिर बार्दलीमै राखिएको छ । अन्नपातको नाउँमा दुई वटा बोरामा आधाआधा सरसामान छन् । केही थान झुत्रा कपडा पनि बार्दलीमै झुन्डाइएको छ ।
बिहान–साँझ छाक टार्नसमेत धौधौ हुने यो परिवारका छोरा दिलीप काठमाडौंमा बस्थे । आमाका अनुसार दिलीप केही समय अगाडिसम्म घर बनाउने ठाउँमा इँटा बोक्ने काम गर्थे । काम पर्दा बालुवा र सिमेन्ट पनि बोक्थे ।
ज्यामी काम गर्न धेरै गाह्रो लागेपछि दिलीप अर्को ठाउँ सरे । करिब २ महिना अगाडिबाट भने उनी साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा काम गर्न थाले ।
चाउमिन तयार पार्ने र बजारमा लगी विक्री गर्ने उनको जिम्मा थियो । चाउमिन फ्याक्ट्रीमा मजदुर र साइकल ब्वाईको काम गर्दै आएका उनको तलब जम्माजम्मी १० हजार थियो। त्यही पैसाबाट डेरा भाडा तिर्ने घर घर पठाउने गर्थे ।
ज्यामी काम गरेर छाक टार्दै आएका दिलीप यतिबेला अहिलेसम्मकै ठुलो भनी अनुमान गरिएको सुन तस्करीको मुख्य नाइकेका रुपमा पक्राउ परेका छन् । यति धेरै सुनको ‘मालिक’ एक साधारण कुल्ली भएकोमा प्रहरीलाई पनि विश्वास छैन । तर, दिलीप परिवन्दले पक्राउ परेका छन् । दोलखाबाट शुशीला कार्कीको सहयोगमा

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.