No.1 News Portal from Sudurpashchim Province
bajaj

केपी ओलीको संकेत : सय केजी सुन तस्करीमा प्रचण्ड र नारायणकाजीको संलग्नता

गोकुलेश्वर । एमाले अध्यक्ष केपी ओलीले सय किलो सुन तस्करी प्रकरणमा उपप्रधान तथा नारायणकाजी श्रेष्ठ संलग्न हुन सक्ने आरोप लगाएका छन् ।

कम्बोडिया भ्रमणबाट गएराति फर्किएका ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त प्रकरणमा संलग्न भएरनभएकोबारे श्रेष्ठले प्रष्ट पार्नुपर्ने बताए । काँक्रा आफूले खाएर अरुका गालामा बियाँ टाँस्ने काम भएको भन्दै आक्रोश व्यक्त गरे । ओलीले विमानस्थल सुरक्षाको नेतृत्व गृहमन्त्रीले गर्नुपर्ने हो कि होइन भन्ने प्रश्न उठाए ।

pm office

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन रु विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन रु यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन रु ’, ओलीले प्रश्न गरे, ‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ । अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने रु । गृहमन्त्री श्रेष्ठले केही दिनअघि कोट ९बालकोट० र टार ९खुमलटार० जहाँको भए पनि दोषी कसैलाई उन्मुक्ति नदिने बताएका थिए । ओलीले श्रेष्ठको उक्त भनाइलाई काउण्टर गर्दै उनको अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको टिप्पणी गरे ।

ओलीले सुन तस्करीमा आफू संलग्न भएको हो कि होइन भन्नेबारे बताउन श्रेष्ठलाई चुनौती दिए । ‘सानोतिनो संलग्नतामा यो काम भएको छैन होला’, ओलीले भने, ‘उहाँको चाहिँ संलग्नता छ कि छैन रु छैन भने कसको संलग्नता छ रु यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन ।’ ओलीले गृहमन्त्री श्रेष्ठले तरिका पु(याएर बोल्नेपर्ने पनि बताए ।

‘गृहमन्त्री भएर जथाभावी बोल्दै हिंड्ने रु’, ओलीले भने, ‘गृहमन्त्रीका हैसियतले बोल्दा तरिका पुर्याएर बोल्नुपर्छ ।’ ओलीले पार्टीनिकट पत्रकार संस्था प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले गृहमन्त्रीमाथि प्रश्न उठाएर सामाजिक सञ्जालमा लेखेको विषयमा साइबर ब्युरोमा उजुरी दिएकामा पनि रोष प्रकट गरे ।

प्रहरीले हेडक्र्वाटरका एसपी कृष्ण पंगेनीको नेतृत्वमा सुनकाण्ड छानबिनका लागि समिति गठन गरेकै दिन ओलीले श्रेष्ठमाथि औंला उठाएका हुन् । सुन तस्करीको पटाक्षेप भएपछि गृहमन्त्री श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित विमानस्थलको निरीक्षण गरेका थिए । श्रेष्ठले भन्सार कर्मचारी मात्रैले विमानस्थल कार्गोमा जेकजाँच गर्दा कमजोरी हुने गरेको भन्दै प्रहरी पनि खटाउन लबिङ गरिरहेका छन् । उनले उक्त प्रस्ताव मन्त्रिपरिषदमा समेत लगिसकेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.