No.1 News Portal from Sudurpashchim Province
bajaj

वरिष्ठ सई पौडेल झुन्डिएको अवस्थामा मृत भेटिए

गोकुलेश्वर । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।

pm office

वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत फेला परेको बागलुङकी सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

‘होटलमा झुन्डिएको भन्ने खबर आएको छ, बिहानै देखि प्रहरीहरू त्यहाँ पुग्नु भनेको छ’, उनले भने, ‘घटना कसरी घट्यो, के भएर घटना भयो, त्यो त छानबिनबाट खुल्ने कुरा हो ।’

घटना राती ११ बजेपछिको रहेको सहायक प्रजिअ बरालले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.