No.1 News Portal from Sudurpashchim Province
bajaj

टीयुको चरम लापरवाहीले परीक्षार्थी मारमा, एउटा विषयको परिक्षा अर्कै विषयको प्रश्नपत्र

गोकुलेश्वर । त्रिभुवन विश्वविद्यालयको चरम् लापरवाहीको अर्को घटना बाहिरिएको छ । त्रिविको यो लापरवाहीको मार विद्यार्थीले खेप्नुपरेको छ ।

pm office

बीए दोस्रो वर्षअन्तर्गत हिजो ‘इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट’ विषयको परीक्षामा त्रिविले अर्कै विषयको प्रश्नपत्र छापेर बाँडेको पाइएको हो । एक परीक्षार्थीका अनुसार, पाठ्यक्रमबाहिरको प्रश्नपत्र आएपछि परीक्षार्थी अन्यौलमा परेका थिए ।

‘केहीबेर नियालेपछि हामीले आवाज उठायौं– यो हामीले पढेको पाठ्यक्रमको होइन, अर्कै विषयको प्रश्नपत्र हो’, ती विद्यार्थीले भने ।

त्यसपछि सबैबाट प्रश्नपत्र लिइयो र करिब एक घण्टा लगाएर सम्बन्धित विषयको प्रश्नपत्र दिइएको उनले बताए । ‘टीयूले यति साह्रो लापरवाही कसरी गर्न सक्छ, मैले त जसोतसो लेखेँ तर केही साथीले त्यतिकै छोडेर हिँडे’, ती परीक्षार्थीले भने ।

एउटा विषयको परीक्षामा अर्कै विषयको प्रश्नपत्र वितरण भएको घट्ना टीयूको चरम लापरवाही भएको भन्दै धेरैले आलोचना गरेका छन् । यसअघि पनि टीयूबाट प्राविधिक तथा व्यावहारिक कमजोरी बारम्बार हुने गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.