गोकुलेश्वर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल भरतपुर, नवलपरासी, चितवन, रुपन्देही, पाल्पा, दाङ लगायतका स्थानमा भारी वर्षा मापन गरिएको छ ।

गए रातिदेखि रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा भइरहेको छ । जसले गर्दा तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।
अहिले भने चितवनको भरतपुर, देवघाट र रामपुर, नवलपरासीको देउराली, दाङको सुखबारे, पाल्पाको बाल्दाङगढी र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ ।
वर्षाका कारण नारायणी र बबाइ नदीको जल सतह बढ्ने विभागले बताएको छ । जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार तिनाउ नदी बाढी मापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ ।
त्यसैले विभागले नदीका तटीय क्षेत्र र आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न चेतावनी दिएको छ ।



