No.1 News Portal from Sudurpashchim Province
bajaj

सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान

गोकुलेश्वर । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।

नेपालमा तस्करीको सुन बरामद परिमाण यो नै अहिलेसम्मकै उच्च भए पनि राजस्व अनुसन्धान विभागले यस प्रकरणमा संलग्न उच्च गिरोहको जराजरा खोतल्न सकेको छैन । रेडी ट्रेड प्रालिको नामबाट कम्पनी खडा गर्न लगाएर सुन तस्करीको चाँजापाँजो मिलाउने ‘मुख्य डिजाइनर ’को बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूले कुनै भेउ पाउन सकेका छैनन् ।

pm office

विभागका अनुसन्धान अधिकृतको निशाना रेडी ट्रेड सञ्चालन गर्ने दोलखाका २१ वर्षीय दिलिप भुजेल र उनका मामा रामकुमार भुजेल बनेका छन् । यो काण्डमा सबैभन्दा पहिला रेडी ट्रेड सञ्चालन गर्ने दिलिप पक्राउ परेका थिए ।

पहिला मजदुर व्यवसाय सञ्चालन गर्ने दिलिपको नागरिकता प्रयोग गरेर तस्करी गर्ने गिरोहले रेडी ट्रेड सञ्चालनको चाँजोपाजो मिलाउँदै आएको देखिए पनि त्यो गिरोह को हो भन्ने बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूको छानबिन पुग्न सकेको छैन ।

दिलिप पक्राउ गरेर बयान लिँदा दिलिपले आफ्नो मामा रामकुमार भुजेलले नागरिकता मागेको र आफूले दिएपछि सोही आधारमा कम्पनी खोलिएको आफूले पछि मात्रै थाहा पाएको बताएका थिए । दिलिपको सो बयानका आधारमा मामा रामकुमार पनि पक्राउ परेका थिए । भाञ्जालाई मामाले परिचालन गरे पनि मामालाई परिचालन गर्ने गिरोहको जालो माथिसम्म नै रहेको अनुमान गरिए पनि सो कुरा खुल्न सकेको छैन ।

राजस्व अनुसन्धान विभागका एक अधिकृतका अनुसार भाञ्जा हुँदै अनुसन्धान मामासमक्ष पुगेको भए पनि भित्रको जरा पत्ता लाग्न सकेको छैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.