No.1 News Portal from Sudurpashchim Province
bajaj

सुन काण्ड : जस लिनेदेखि आरोपसम्मै नेताको भीडन्त, नारायणकाजी दिक्काए

गोकुलेश्वर । एक सय केजी सुन प्रकरण आरोप प्रत्यारोपको विषय बन्दा अनुसन्धान चाँहि सहि दिशामा नजाने खतरा बढेको छ । विमानस्थलका प्रक्रियामा कुन निकाय कसरी संलग्न हुन्छ भन्ने समेत भेउ नपाएकाहरुको विरोध र यो नै ठुलो सफलता भएको सत्ता र प्रतिपक्षको तर्ककाविच यो प्रकरण चेपुवामा परेको हो । अर्कातर्फ केहि पक्राउ पर्ने क्रम जारी रहँदा विगतमा समेत ठुलो मात्रामा सुन तस्करी हुने गरेको तथ्य समेत अहिले बाहिर रहेको छ ।

pm office

वुधवार तस्करीको एक सय किलो सुन पक्राउ परेपछि उत्पन्न तरंग अझै सेलाएको छैन । बरु सत्ता र प्रतिपक्षविच आरोपप्रत्यारोपको श्रृखला बढ्दै जाँदा विरोधीहरुलाई भने कुन मन्त्रालयले त्यसको नैतिक जिम्मेवारी लिने भन्ने ज्ञानसमेत छैन । सुन बरामद भएसंगै सवैभन्दा पहिले एमाले सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएका थिए । जसलाई विमानस्थलको सुरक्षासंग जोड्दै एमालेले सुरक्षाको जिम्मा पाएको मन्त्रालयका मन्त्री र उच्चपदस्थहरु माथि समेत प्रश्न उठाएको थियो ।

फलत राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले पछिल्लो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको समाचारहरु आएको भन्दै राजिनामा सुझाए भने १०० किलो सुन विमानस्थलको डिक्टेक्टरबाट पास हुनुमा प्रश्न उठाएका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझिले यो भन्सार महानिर्देशक र प्रहरी डिआइजीको मिलोमतोबिना सम्भव नभएको बताएका थिए । त्यसपछि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद् सूर्य थापाले सामाजिक सञ्जालमार्फत गृहमन्त्री श्रेष्ठको राजीनामा मागे भने एमालेको भातृ संगठन युवा संघले त राँके जुलुस नै निकालेको थियो ।त्यस्तै नक्कली शरणार्थी प्रकरणमा वालकृष्ण खाँणको जेल यात्राले विरक्तिएकाहरुले कांग्रेस केन्द्रीय समिति वैठकमा समेत गृहमन्त्रीको राजिनामाको विषय उठाएका थिए । जहाँ यहि प्रश्न सामाजिक सन्जालमा समेत व्यापक बनेको छ । एउटा नागरिक विदेशबाट फर्किँदा नाकमा लगाएको सुनको फुली र कानको टप देख्दा कचकच र एउटा मोबाइल ल्याउँदा झमेला गर्ने विमानस्थलको भन्सारबाट यत्तिका सुन बाहिरिनुमा मेसिनको खरावी मान्न नसकिने धेरैको तर्क थियो ।

तर नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्था अनुसार यात्रुहरू बाहिर मुलुकमा जाँदा मात्रै अध्यागमन बिभागको कर्मचारी र प्रहरीले चेकजाँच गरेर पठाउने व्यवस्था भएको धेरैले पत्ता नै पाएका थिएनन् । यहि व्यवस्थाकै उदाहरणकै आधारमा गृहमन्त्रीमाथि चर्को आवाज निकालेकाहरुले बाहिरबाट यात्रुहरुले बोकेर ल्याएको मालसामान चेकजाँच गर्ने काम अध्यागमन बिभागको कर्मचारी र अर्थमन्त्रलाय अन्तर्गतका भन्सार बिभागका कर्मचारीले मात्रै चेकजाँच गरेर पठाउने व्यवस्था रहेको पत्ता पाएसंगै आफ्नै तर्कलाई लिएर लाज मान्नु बाहेक अरु विकल्प समेत थिएन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.