No.1 News Portal from Sudurpashchim Province
bajaj

भैँसी भाडामा ल्याएर धमाधम किसानलाइ बाँड्ने कर्मचारीको प्रहरीले कठालो समातेपछि..

गोकुलेश्वर । सिरहामा भाडाको भैँसी अनुदानमा बाँड्ने सहकारीलाई कारबाही गरिएको छ । जिल्लाको औरही गाउँपालिकाले भाडामा भैँसी ल्याएर अनुदानको भन्दै किसानलाई वितरण गरेको सहकारीलाई कानुनबमोजिम कारबाही गर्ने र भुक्तानी नदिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शिवजी यादवले वडा नं.४ स्थित खजनपुर सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेका हुन् । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सहकारीलाई कारबाही गर्ने निर्णय गरिएको जनाइएको छ ।
सहकारीले भैँसी वितरणमा अनियमितता गरेकाले उक्त सहकारीलाई भुक्तानी नदिने र कालो सूचीमा राख्ने निर्णय गाउँपालिकाले गरेको गाउँपालिकाका अध्यक्ष यादवले बताए ।

pm office

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाई÷भैँसी साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि उक्त सहकारीलाई गाउँपालिकाले छनोट गरेको थियो ।

उक्त कार्यक्रमका लागि २५ लाख बजेट थियो । जसमा १५ लाख भैँसी वितरण र १० लाख औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका लागि छुट्याइएको थियो ।

वितरण गर्ने भैँसी उन्नत जातको १ लाख ५० हजार बराबरको हुनुपर्ने र कूल रकमको ५० प्रतिशत किसानले व्यहोर्ने सम्झौता गाउँपालिका र सहकारीबीच भएको थियो ।

तर कार्यक्रम गर्दा उन्नत जातको २० थान भैँसी वितरण गर्नुपर्नेमा व्यापारीबाट ३ हजारका दरले भाडामा ल्याएको १७ थान लोकल भैँसी मात्र १७ किसानलाई बाँडेर उक्त सहकारीले गाउँपालिकाबाट भुक्तानी लिन खोजेको थियो । भाडाको भैँसी किसानलाई बाँडेको र पुनः फिर्ता लिएको आरोप लागेपछि गाउँपालिकाले छानबिन समिति समेत बनाएको थियो ।

zyan 2
You might also like
ban dcl 2
1 Comment
  1. Dhangadhimai na.pa.-10 siraha says

    गजब को समाचार सहकारी को नाम लेख्न बिर्सनु भएको कि नाम सार्वजनिक गर्न न चाहेको,साप पनि मरोस ,लाठी पनि न भाचोस,, जय हो

Leave A Reply

Your email address will not be published.