गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाका निर्वतमान मेयर अमरसिंह धामी नेतृत्वको टोलीले शैल्यशिखर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
आइतबार (आज) शैल्यशिखरका निर्वतमान प्रमुख धामी नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टलाई ज्ञापन पत्र बुझाउँदै नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० मा गरेका सम्पुर्ण कामकाज ,नगरपालिकामा रहेका स्थायी,अस्थायी,करार र ज्यालादारी सम्पुर्ण कर्मचारीहरको विवरण माग गरेको छ ।

त्यस्तै, गोकुलेश्वर बजारको फोहोर व्यवस्थापनको लागि डम्पिङ साइडको बारेमा नगरपालिकाले स्पष्ट धारण सार्वजिन गर्नु पर्ने र गत आर्थिक वर्षमा नगरपालिकाले भुक्तानी दिएका कार्यक्रमहरूको बैंक स्टेटमेन्ट समेत उपलब्ध गराउनु पर्ने माग समेत राखेको छ ।
ज्ञापन पत्र बुझाउने टोलीमा कांग्रेस शैल्यशिखर सभापति मोहनसिंह साउँद,जिल्ला समन्वय समिति सदस्य पुस्करसिंह धामी, कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य राजेन्द्र बिष्ट,नेपाल तरुण दल शैल्यशिखर सभापति सुरेश बिष्ट,शैल्यशिखर—९ का वडा सदस्य पदका उम्मेदवार करन सिंह बिष्ट,लगायतको सहभागिता रहेको थियो ।
केछ ज्ञापन पत्रमा




