No.1 News Portal from Sudurpashchim Province
bajaj

गरगहना चोरेर श्रीमान–श्रीमतीले टाप कसेपछि…

गोकुलेश्वर । मायादेवी गाउँपालिका–४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् ।

pm office

उनीहरूले सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर–गहना चोरी गरी भाग्ने क्रममा घरधनीले थाहा पाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

उनीहरूको साथबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर–गहना फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.