No.1 News Portal from Sudurpashchim Province
bajaj

विनोद चौधरी पनि अतालिए, रास्वपाको नाम लिदै यसो भन्न थाले

गोकुलेश्वर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले गत मंसिरको चुनावमा आफूलाई जिताउनेभन्दा हराउने काममा कांग्रेसकै नेता–कार्यकर्ता सक्रिय भएको बताएका छन् ।

pm office

गत मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहेका उनले पार्टीभित्रकै नेता कार्यकर्ताका कारण आफूहरुलाई समस्या परेको पनि बताए ।

‘मैले पहिलोपटक जनताबीच प्रत्यक्ष जाने मौका पाएँ। पार्टीले मलाई विश्वास गर्यो । मैले आफ्नो चुनावको अनुभव राख्दा, एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अफ्ठ्यारो पार्ने खालका गतिविधिमा लाग्यो’, उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा त कसरी विरोधी उम्मेदवार विजयी गराउने भन्ने काममै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए। यसका प्रमाण निर्वाचनकै बेला छरपष्ट भइसकेका छन् ।’

चौधरीले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कारण चुनौती थपिँदै गएको पनि बताएका छन्। उनले रास्वपाको नाम नलिई नयाँ पार्टीहरुका कारण पुराना पार्टीहरुलाई चुनौती थपिएको बताएका हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.