No.1 News Portal from Sudurpashchim Province
bajaj

अज्ञात समूहबाट डिएसपीको ‘राम धुलाई’

गोकुलेश्वर । महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन् ।

प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

pm office

घाइते अवस्थामा देखेपछि डिएसपी यादवलाई अस्पताल पु¥याइएको उनले बताए । उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ ।

अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ । जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन ।

घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ ।

टोलीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका एसपी श्रेष्ठले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.