No.1 News Portal from Sudurpashchim Province
bajaj

अनुदानको मल ससुरालीको गोठमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ

गोकुलेश्वर । अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।
एक साताअघि कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगे ।

किनेको मल उनले सोही गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नै ससुरा बनारसी यादवको घरका पु¥याएका थिए । ससुरालीको घरमा लगेको मल उनले बढी पैसा लिएर केही बोरा डिलर र अन्य मानिसहरूलाई बिक्री गरे ।
कृषकहरूले यो कुरा थाहा पाएपछि हल्ला चल्यो । सामाजिक सञ्जालमा समेत यो कुरा बाहिर आयो ।

pm office

अध्यक्ष यादवको उक्त क्रियाकलाप सार्वजनिक भएपछि प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद ग¥यो । प्रहरीले छापा मार्नुअघि उनले ३२ बोरा मल बेचिसकेका थिए ।

प्रहरीले सहकारीका अध्यक्ष भागिरथीलाई बिक्री गर्न बाँकी मलसहित पक्राउ गरेर अपचलनको मुद्दा अगाडि बढाएको छ ।

प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार भागिरथी अहिले जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् भने बरामद मल वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.