No.1 News Portal from Sudurpashchim Province
bajaj

बर्दियाबाट मजदुरी गर्न डडेल्धुरा पुगेका राम विषालु च्याउ खाँदा अस्ताए

 

गोकुलेश्वर । डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न एक पुरुषको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

pm office

मजदुरी गर्न डडेल्धुरा पुगेका बर्दिया बारबर्दिया गाउँपालिका–७ का ५० वर्षका राम दुलारी थारुले जंगली च्याउ खादा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

जंगली च्याउ खादा बिरामी भएका उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.