No.1 News Portal from Sudurpashchim Province
bajaj

रवि लामिछाने भन्छन्-‘बिनासेटिङ, मिलेमतो नभएर सुन तस्करी सम्भव छैन ’

गोकुलेश्वर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताउँछन् ।

pm office

विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले भने,‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर,कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला । सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबारे थप टिप्पणी गर्न हुँदैन ’

एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए ।अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए ।

‘अरुले जे गरे त्यही स्वतन्त्र पार्टीले गर्दैन,’ उनले भने, ‘हामी धैर्य गर्छौं । वास्तविककता थाहा पाएर मात्रै सडक सदनमा कुरा गर्छौं ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.