गोकुलेश्वर । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ भन्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ ।
।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनै पर्छ भन्ने मागसहित मसाल जुलुश निकालेको हो ।

मसाल जुलुश प्रदर्शनमा सहभागीहरूले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।
उनीहरूले सुनका भरियालाई मात्र समाएर ठूलालाई उन्मुक्ति दिने प्रपन्च भइरहेको आरोप समेत लगाएका छन् ।



