No.1 News Portal from Sudurpashchim Province
bajaj

भोलि फेरि भारतले धौलीगङ्गा नदीको बाँध खोल्दै, नदी छेउछाउका बासिन्दामा त्रास

गोकुलेश्वर । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर भोलि शनिवार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएका छ । 

 भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासलाई जानकारी दिएको हो ।

pm office

भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोल्ने भएपछि नदी किनारका बासिन्दा त्रसित बनेका छन् ।
भारतले यसअघि गएको आसार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलेको थियो । भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो । यस्तै २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर ठूलो क्षति भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले बाँधका ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.