No.1 News Portal from Sudurpashchim Province
bajaj

क्विन्टल सुन काण्डले बजार तताएपछी युवा संघले निकाल्यो मसाल जुलुस

गोकुलेश्वर । एमालेसम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघले सुन तस्करीको गहिरो छानबिन गरेर दोषीमाथि कारबाहीको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।

pm office

पछिल्लोपटक एक सय ५५ केजी तस्करीको सुन पक्राउसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करहरूले सरकारको सुरक्षाघेरा पार गरेर सुन तस्करी गरिरहेको तथ्य उद्घाटित हुँदा गृह प्रशासनको कमजोरी छताछुल्ल भएको एमालेसम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघको आरोप छ ।

संघका उपाध्यक्ष कृष्णहरि केसी र अमित लामाको नेतृत्वमा निस्किएको मसाल जुलुसमा युवाहरूले विभिन्न नारा लगाएका थिए ।

संघले तस्करीको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिनुपर्ने, गहन छानबिनमार्फत दोषी भन्सार विभागसहितका उच्चअधिकारीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.