No.1 News Portal from Sudurpashchim Province
bajaj

११ महिनामा मात्रै ५ सय ८६ किलो सुन विमानस्थलबाट नियन्त्रणमा लिइयो

गोकुलेश्वर। गत आर्थिक वर्षको ११ महिनामा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ५ सय ८६ किलो २ सय ग्राम सुन नियन्त्रणमा लिइएको पाइएको छ ।

विभिन्न देशबाट आयात गरी भन्सार तिराइएका, बरामद गरिएका, मुद्दा चलाइएका र अनुसन्धानको क्रममा रहेका सबै सुनको तौल गर्दा ५ सय ८६ किलोभन्दा बढी रहेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख उपसचिव नारद गौतम नियन्त्रणमा आएको ५ सय ८६ किलो सुनमध्ये करिब ३८ किलो सुन मुद्दा र जफत प्रक्रियामा रहेको बताउछन् ।

pm office

उनका अनुसार गत आर्थिक वर्षको साउन १ गतेदेखि जेठ महिनाको अन्तिमसम्ममा भरियामार्फत ल्याएको र मात्राभन्दा बढी ल्याएको ५ सय ४१ किलोग्राम सुनको राजश्व तिराएर छाडिएको छ । 

कुल ५ सय ४१ किलोग्राम सुन नियन्त्रणमा लिएकामा कानुन बमोजिम ल्याउन पाउनेको हकमा राजश्व तिराउँदा ५३ करोड ८० लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

कतिपयले भरिया बनाएर पनि सुनको तस्करी गरेको भए पनि त्यसको पूर्ण पुष्टि हुन नसक्ने भएकाले कहिलेकाहिँ त्यस्तो सुन पनि राजश्व लिएर छाडिएको हुनसक्ने गौतमले बताए ।

नेपालको कानुन अनुसार वैदेशिक रोजगारीमा गई ५ महिनाभन्दा बढी समय काम गरेर फर्किएका पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार छुट पाइन्छ । 

त्यस्तै महिला हो भने ५० ग्रामसम्मको सुनका गहना ल्याउँदा भन्सार छुट पाउने व्यवस्था छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.