
गोकुलेश्वर । अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने भएकी छन्।
फेसबुकमार्फत उनले यसका लागि आफ्ना साथी तथा सामाजिक सञ्जालमा आफूसँग जोडिएकाहरूसँग पुस्तकहरूसमेत मागेकी छन् ।
’एउटा स्यानो सोच आएको छ, स्यानो लाइब्रेरी बनाउने,’ करिश्माले लेखेकी छन्, ’ गोदावरी बाट सुरु गरौं कि ! केही किताब छन् घरमा जुन बिनोद जी र मैले पढ्ने क्रममा बटुलेका थियेउ, हजुरहरुसँग केही राम्रा किताबहरु छ्न भने उपहारस्वरुप दिनुहोस् ।



