गोकुलेश्वर । बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

जिल्लाको सुर्नया गाउँपालिका– ३ तडिगाउँको भट्ट परिवारका ५ जना सदस्य बिरामी परेका हुन् ।
बिरामी पर्नेमा ३५ वर्षका टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन् ।
उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ । उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले सबैको उपचार सुरु भएको छ ।



