गोकुलेश्वर । नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले पक्राउ गरेका चीनियाँ नागरिक लिङ चुवान वानलाई नियन्त्रणमा लिएको छ । चुवानलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाईएको हो ।
त्यो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै ६ जनालाई पक्राउ गरीसकेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भएका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पक्राउ परेका छन् । समातिएका ६ जना भरिया हुन् वा कारोबारी हुन् भन्ने पनि यकिन खबर बाहिर आइसकेको छैन ।
चीनियाँ नागिर चुवान नै सुनको असली मालिक भएको चर्चा चलिरहेको छ। तर, उनी मालिक हुन वा कसैका लागि काम गरिरहेका थिए ? भन्ने खुलेको छैन ।
यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।



