No.1 News Portal from Sudurpashchim Province
bajaj

बालमैत्री पालिकाका वडाध्यक्षले कार्यालयमै किशोरलाई निर्घात कुटे,भन्छन-‘अभिभावक हुँ जे पनि गर्छु’

गोकुलेश्वर । मुलुकमै पहिलो बालमैत्री पालिका घोषणा भएको मकवानपुरको मनहरी गाउँपालिकाका एक वडाध्यक्षले आफ्नै कार्यालयमा न्याय माग्न आइपुगेका एक किशोरलाई निर्घात कुटपिट गरेका छन् ।

मनहरी–३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले कार्यालयभित्रै स्थानीय १७ वर्षीय प्रशान्त कार्कीलाई कुटपिट गरेका हुन। घर झगडा मिलाउन कार्यालय पुगेका प्रशान्तलाई वडाअध्यक्ष अर्याले उपस्थित अन्य ब्यक्तिकै अगाडि चार थप्पड लगाएका थिए ।

pm office

उनको घरमा आमा सानो कान्छी कार्की र कान्छी आमा सम्झाना कार्कीका विचमा झगडा थियो । सोही विवाद मिलाउन उनीहरु वडा कार्यालयमा पुगेका थिए । 

आफ्नी आमालाई कान्छि आमाले कुटपीट गरेपछि उनी छेक्न अगाडि सरेका थिए। सोही समयमा आफुमाथि वडाअध्यक्षले आफूमाथि कुटपिट गरेको प्रशान्तले बताएका छन् ।

अध्यक्ष अर्यालले प्रशान्तको घाँटीमा प्रहार गरेका थिए। कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडा अध्यक्षले उल्टै हातपात गरेको भन्दै स्थानीयले पनि उनको आलोचना गरेका छन् ।

कुटपिट गरिसकेपछि पनि वडाध्यक्षले ‘अभिभावक हुँ जे पनि गर्छु’ भन्दै फुर्ति हाँकेको जनाईएको छ । अहिले उनी फोन नउठाई वसेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.