No.1 News Portal from Sudurpashchim Province
bajaj

तीन घन्टा बितिसक्दा पनि उद्धार हुन सकेन शिवखोलामा खसेको ट्रक चालकको

गोकुलेश्वर । मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान ४ः५० बजे लमही नगरपालिका–९ स्थित पुलबाट शिवखोलामा खसेको थियो ।

ट्रकका चालक रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका–६ का ३८ वर्षीय बसन्त लोहनीया सिटमै च्यापिएका छन् ।

सहचालक लुम्बिनी संस्कृत नगरपालिका–७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

pm office

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) सुशील थापाका अनुसार चालक सिटमै च्यापिएको अवस्थामा रहेकाले उद्धार गर्न समस्या भएको हो ।

अहिले डोजर र फलाम काट्ने मेसिन सहित सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अमेलियका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाले पनि ट्रकको केही भाग काटेर चालकको उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए ।

‘ट्रकले चालकको खुट्टा च्यापेको छ,’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.