No.1 News Portal from Sudurpashchim Province
bajaj

सहकारीले अनुदानमा बेच्ने मल अध्यक्षले ससुरालीमा लुकाए

गोकुलेश्वर । सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मलमा बदमासी भएको पाइएपछि अध्यक्षलाई कारबाही माग गरिएको छ । मल वितरणको अनुमति पाएको शद्धोधन गाउँपालिका–३ लवनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको ५४ बोरा मल सहकारीका अध्यक्षले ससुराली पुर्याएको पाइएको छ ।

pm office

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक इन्सपेक्टर शैलेश्वरी बोहोराले नियमविपरीत मल बिक्रीवितरण गरेको सूचना आएपछि प्रहरीले जफत गरी उठाएर ल्याएको बताइन् ।

कालोबजारीमा बिक्री गर्ने नियतले अनुदानको मल ओम कृषि सामग्री केन्द्रका अध्यक्ष भागीरथी यादवले शुद्धोधन गाउँपालिका–६ स्थित ससुरा बनारसी यादवको घरमा लगेर लुकाएर राखेको तथ्य बाहिर आएको छ ।
‘पानी परेर बिग्रने भएकाले नजिकै ससुरालीको घरमा राखेको हो, प्राविधिक विषय नि नबुझी गलत प्रचार गरियो’, यादवले भने, ‘केही दिनमा वितरण हुनेछ, अनियमित हुन दिनेछैन ।’

सहकारीका अध्यक्ष यादवले सहकारीको गोदाममा पानी चुहिने भएकाले ससुरालीमा राख्न लगिएको दाबी गर्दै मंगलबार र बुधबार किसानलाई वितरण गर्ने जानकारी प्रहरीलाई गराएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.