No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा परमल महरा नियुक्त

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित गोकुलेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा परमलसिंह महरा नियुक्त भएका छन् । 

सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को २०८० असार३१ गतेको निर्णय बमोजिम महरालाई नियुक्त गरिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालय संगठन शैक्षिक प्रशासन निमावली २०६९ सशोधनसहितको परिषद २८ नियम १६२ को व्यवस्था अनुसार महरा क्याक्पस प्रमुखमा नियुक्त भएका हुन् ।

pm office

महरालाई साउन १ गते (आज) देखी कामकाज गर्ने गरी नियुक्त गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. अम्मराज जोशीले बताए ।

मार्मा गाउपालीका—१ घर भएका महरा २०६५ सालदेखि गोकुलेश्वर बहुमुखी क्यामसमा शिक्षण विभागिय प्रमुखमा रहेर काम गर्दै आएका थिए ।

यसअघि गोकुलेश्वर बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारी प्रदीपकुमार जोशीले सम्हालेका थिए ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.