No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा बर्षासंगै आएको हावाहुरीले मकैबालीमा क्षती,किसानलाई भोकमरी हुने चिन्ता

नरेन्द्र बिष्ट – बैतडी । बैतडीका अधिकाङ्श ठाँउहरुमा हावाहुरी र बर्षाले मकैबालीमा क्षति पु¥याएपछि यहाँका स्थानीय किसानहरु चिन्तित बनेका छन् । घोगा लाग्ने बेला मकैका बोटहरु हावाहुरीले ढलेपछि किसानहरुमा चिन्ता थपिएको हो ।

बर्षा नहुँदा सम्म किराले मकैबालीमा क्षति पुर्याएको र बर्षापछि मकै ढलेर झन् क्षति पु¥याएको किसानहरुले बताए ।

किसानहरुले मेहनत गरेर लगाएको मकैमा घोगा लाग्ने बेला सबै हावाहुरीले नष्ट गरेपछि चिन्ता बढेको बैतडी दोगडाकेदार गाउँपालिकाका वडा नम्बर ८ कालागाउँ पितरकाडा स्थानीय किसान बिरेन्द्र बिष्टले बताए । मकैबाली ढलेर नष्ट भएपछि आफूलाई भोकमरीको चिन्ता बढेको अर्का स्थानीय किसान नरबहादुर बिष्टले बताए ।

pm office

घोगा लाग्ने बेला ढलेर मकैमा क्षति पुगेको छ’, ‘जसले गर्दा उत्पादन पनि कमी हुने र भोकमरी हुने देखिएको छ ।’ हावाहुरी र वर्षाको प्रभावका साथै जंगली बदेलहरु सुंगुर, दुम्सी,स्याल बादरहरुले समेत प्रत्येक वर्ष मकैबालीमा व्यापक क्षति पु¥याउने गरेका छन् ।

बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको भएपनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ । मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

पछिल्लो बर्ष यता मकैमा फौंजी किराले नोक्सानी पुर्याउने गरेको र घोगा लाग्ने समयमा जंगली जनावरबाट समेत मकै जोगाउन निकै मुस्किल हुने गरेको स्थानीय किसानहरु बताउछन् ।

बाली बिमा नहुँदा किसानले क्षति भए पनि राहत पाउँदैनन् ।

यसरी लगातारको बर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानहरुमा मकैबालीमा क्षति पु¥याउदा जंगली जनावर, हावाहुरी र बर्षाका कारण मकैमा क्षति भएपछि किसानहरु चिन्तित बन्ने गरेका छन् । बर्षेनी क्षति व्यहोर्दै आएका किसानहरुका लागि स्थानीय सरकारहरुले पनि ध्यान दिनु अति आवश्यक छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.