No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनी-७ को शिद्धनाथ आधारभुत विद्यालयको भवन जिर्ण बन्दै

गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिका—७ धामीगाउँ गोधरापानी स्थितको शिद्धनाथ आधारभुत विद्यालयको भवन जिर्ण बन्दै गएको छ ।

कक्षा १ देखि ५ कक्षा सम्म अध्ययन हुने विद्यालयको भवन जिर्ण बन्दै जाँदा विद्यार्थीहरुको पढाइमा असर पर्ने गरेकोे छ । भवन जिर्ण बन्दै गएपछि जुनसुक्कै बेला पनि भत्कन सक्ने त्रास विद्यार्थीका अभिवावकहरुलाई छ ।

२०६३ सालमा स्थापना भएको उक्त विद्यालय त्यस ठाउँको समुदायको लागि पहिलो पाठशालाका रुपमा स्थापित छ । 

विद्यालयमा २ शिक्षक,३ शिक्षिका र १ जना कार्यालय सहयोगी  छन् । सो विद्यालयमा १ सय १० जना विद्यार्थी अध्यनरत छन् । चार कोठे कच्ची भवन पानी पर्दा चुहिने गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार भवनका ढोका झ्याल समेत छैनन् ।विद्यार्थीलाई अत्यावसकिय कुराहरुको अभाव विद्यालयमा यथावत रहेको छ ।विद्यालयमा खानेपानीको चरम समस्या रहेको छ ।

विद्यार्थीका लागि चाहिने भौतिक संरचनको अभाव छ । सामान्य कच्ची भवनमा पठनपाठन गर्नुपर्ने बाध्यता छ । जसले गर्दा विद्यार्थीका अभिवावकहरुमा निकै त्रासको वातावरण पैदा हुने गरेको छ ।

pm office

डिलाशैनी गाउँपालिकाले शिक्षाको क्षेत्रमा २०७४ सालदेखि बजेट बिनियोजन गर्दै आएको भएपनि यो विद्यालयका भवनहरु दिनानुदिन जिर्ण बन्दै जाँदा समेत सरकारको ध्यान नगएको स्थानीयले गुनासो गरेका छन् । 

भवनका ४ वटै कोटा जुनसुक्कै बेला भत्कन सक्ने अवस्थामा रहेकोले बिद्यालय भवन निर्माण तथा मर्मत सम्भारमा सरकारले ध्यान दिनुपर्ने स्थानीयले बताएका छन् ।

कक्षा १ देखि ५ सम्म सोही विद्यालयमा अध्ययन गरेका दिनेश धामी भन्छन्,‘मैले त्यहाँ पढ्ने बेला जस्तो संरचना थियो,अहिले पनि उस्तै छ । अहिले सम्म कुनै परिर्वतन भएन । स्थानीय,प्रदेश र केन्द्र सरकारले संरचना निमार्णमा कुनै चाँसो देखाएन ।’

यो विषयमा विद्यालयका प्रधानाध्यापक कम्मान बाहदुर धामी विद्यालयको भवन एकदमै जिर्ण नरहेको बताउँछन् । ‘स्थानी सबै मिलेर २०७६ सालमा चन्दा संकलन गरि जस्तापाता हालेर विद्यालयको छानो निमार्ण गरेका हुन् ।’

उनले भने,‘भवन एकदमै जिर्ण अवस्थामा छैन्। पठनपाठन गर्न अप्ठेरो अवस्था छैन् । १,२ वर्ष सम्म विद्यालय भवनको निर्माण तथा मर्मत सम्भारमा नगरियो भने भत्कन सकने अवस्था छ । 

२०७४ सालदेखि स्थानीय सरकारले भवन निमार्ण लगायत भौतिक संरचना निमार्णमा आर्थिक सहयोग गरेको छैन् । अहिलेको बजेटमा पालिकाले केही सहयोग गर्ने भन्ने विश्वास छ । 

हामीले विद्यालयको अवस्थाबारे २०७४ देखि नै राख्दै आएका छौं । विद्यालयमा खानेपानी चरम समस्या छ । विद्यार्थीहरु घरबाट बोतलमा पानी ल्याएर खाजा खान्छन् । शौचालयको व्यवस्था पनि छैन् ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.