गोकुलेशवर । बैतडीको पुर्चौडी नगरपालिका–६ मुरेलीधारका गणेश साउदलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै २ वर्षिय नातिको हत्या गरेको आरोपमा ५० वर्षिय हजुरबुवालाई प्रहरीले पक्राउ गरेको हो ।
गणेशले रेशम र अर्का ८ वर्षीय नातिलाई कुटपिट गरेका थिए । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको थियो ।

नाति रेशम साउदको हत्या रेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रेशमको उपचारकै क्रममा मृत्यु भएको र घाइते रिजनलाई थप उपचारका लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ ।
गणेशलाई इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



