No.1 News Portal from Sudurpashchim Province
bajaj

दत्तु पुलका लठ्ठा चुडिदाँ अनिश्चितकालका लागि आउजाउ बन्द

गोकुलेश्वर। महाकाली नदीको दत्तुमा रहेको झोलुंगे पुलका लठ्ठा चुँडिएपछि आउजाउ अनिश्चितकालका लागि बन्द गरिएको छ। 

नेपाल–भारत जोडने महाकाली नगरपालिका–९ दत्तुमा रहेको उक्त झोलुंगे पुलको भारत बलुवाकोटतर्फका लठ्ठा चुँडिएका हुन ।

pm office

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै प्राबिधिक जाँचपछि मात्रै आउजाउ खुल्ने भएकाले पुल प्रयोग नगर्न भनेको छ ।

यो नाकाबाट दिनहूँ सयौँले आवतजावत गर्छन। महाकाली नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकाका अधिकांस बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि बलुवाकोट जाने गरेका छन् । 

प्रशासनले अर्को सूचना जारी नभएसम्म पुल बन्द रहने जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.