No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा आफ्नै बाजेले कुटेर गम्भीर घाइते भएका नातीको मृत्यु

गोकुलेश्वर । बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटपीटबाट गम्भीर घाइते भएका दुई बालकहरुमध्ये एकको मृत्यु भएको छ । कुटपीटबाट गम्भीर घाइते भएका मध्ये २ वर्षिय नाती रेसम साउदको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर लोकराज जोशीले बताए ।

pm office

अर्का घाइते रिजन साउदलाई पनि डडेल्धुरामा उपचार हुन नसकेपछि हिजो रातीनै धनगढी रेफर गरिएको छ । उनको धनगढीस्थित नवजिवन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बाजेको कुटपीटबाट स्थानीय दिपक साउदका २ वर्षीय छोरा रेसम साउद र ८ वर्षीय छोरा रिजन साउद गम्भीर घाइते भएका थिए ।

हेरचाहा गर्न ५० वर्षीय गणेश साउदसंग छोडेर आमा र बजै घाँस काट्न गएको बेलामा साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।

कुटपीट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय, पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.