No.1 News Portal from Sudurpashchim Province
bajaj

जान्नेलाई छान्ने’ पार्टीकी सांसद तोशिमाले बोल्नै नजानेपछि समाजिक सञ्जालमा चौतर्फी आलोचना

गोकुलेश्वर । पूर्व सञ्चारकर्मी रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एउटा नारा छ–‘जान्नेलाई छान्ने ।’ युवा पुस्तामा एकदमै लोकप्रिय यो नारा अहिले रास्वपालाई नै लज्जास्पद हुन थालेको छ ।

आफनै सांसदले ‘बोल्न समेत नजान्दा’ उक्त पार्टीका नेता तथा सांसदहरु आलोचनामा पर्न थालेका छन् । यसको श्रृंखला लामै भइसकेको छ । स्वार्थ वाझिने मन्त्रालयमा मन्त्रीको नियुक्ति, मन्त्री वन्न घुसको डिमान्डदेखि अर्काको श्रीमान खोसेको आरोप लागेपछि सांसद सोविता गौतम सवैलाई ठिक पार्ने धम्कीसम्म यस अघि सवैले देखेसुनेकै विषय हो ।

पछिल्लो पटक सांसद डा.तोसिमा कार्की पनि विवादमा तानिएकी छिन्। अहिलेसम्मका घट्ना क्रमले देखाएर अनुसार स्टन्टमा रमाउने कार्कीले वुधवार दुःखको घडीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएपछि उनको आलोचना सुरु भएको हो ।

सामाजिक सञ्जालमा अहिले उनको तीव्र आलोचनना भईरहेको छ । पुराना दलको विकल्प भनिएका नेताहरूको अभिव्यक्ति असंवेदनशील हुनु दुःखद भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ छ ।

pm office

प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी उनले दिएको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्ने भन्दै प्रश्न गरेकी छिन् ।

‘………आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरु पनि आउन सक्छन् । श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि उहाँले सम्झनुपर्छ ।’ उनले भनेकी छिन् ।

उनले अगाडि भनेकी छिन्–‘आफ्नै दुःख सरह बुझनुपर्छ । र त्यसको लागि के गर्नुुपर्छ र कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रको पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ । नयाँ युगका क्रान्तिमा होमिएका हामीजस्ता एउटा युवा महिलाहरुले पनि उहाँ (सीताबाट) सिक्नुपर्नेचाहिँ कुरा छ ।

जीवनभरी संघर्ष गर्दा, एउटा छोरा गुमाउँदा पनि कतिपनि बिचलित नभइकन राष्ट्रकै गरिमाय पदमा हुनुभएकी श्रीमानको सदैव साथ दिइराख्नु भयो त्यो बाट पनि हामीले के बुझ्न सक्छौँ भन्दा हिजोको दिनमा क्रान्ति तमाम ती दिदीबहिनीहरु जो हिजो बलात्कारजस्तो क्रन्दनहरु पनि भोग्नुपर्यो । त्यस्तो सम्मको पीडा भोग्नुपरेको थियो । उत्पीडन भोग्नुपरेको थियो । त्यसका बाजजुत जुन संघर्ष गर्नुभयो उहाँहरु उदाहरणीय हुनुपर्छ । हामी महिलाहरुले, हामी नयाँ युगका क्रान्तिमा होमिएका हामीजस्ता युवा पहिलाहरुले पनि उहाँबाट सिक्नुपर्नेचाहिँ कुरा छ………।

उनको यो भनाई सार्वजनिक भएपछि सामाजिक आलोचना तिव्र वनेको छ। त्यसपछि उनले आफूले बोलेको बाइट तोडमोड भएको दाबी गरेकी छन् । उनले पूरा भिडियो सुन्न आग्रह गर्दै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोकामा क्षमायाचना समेत गरेकी छिन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.