गोकुलेश्वर । पत्नी सीता दाहाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन् ।
बुधबार विहान निधन भएकी सीतालाई प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् ।

छोरा प्रकाशको वियोगले गलेकी सीता बौरिन सकिनन्
त्यसअघि नेपाली सेनाको एक टुकडीले सीतालाई राजकीय सम्मान दिएको थियो। उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।
लामो समयदेखि पार्किन्सन लगायतका रोगबाट ग्रसित सीता छोरा प्रकाशको मृत्युपछि अझ बढी गम्भीर भएकी थिइन् ।
सीतालाई अंगाग्दै आर्यघाटमा भक्कानिएकी विना
उनलाई उपचारका लागि प्रधानमन्त्री दाहालले भारत, सिंगापुर र अमेरिका लगे पनि रोग निको हुन सकेन ।



