No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रधानमन्त्री पत्नी सीताको निधन भएको पुष्टि, अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी दिने

गोकुलेश्वर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित दाहालको बुधबार विहान साढे ८ बजे निधन भएको अस्पतालले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

pm office

उनको स्वास्थ्य झन गम्भीर बनेपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले लामो समयदेखि सताएको थियो । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ ।

यो रोग लागेका व्यक्तिलाई हिँडडुलमा समस्या पर्ने, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सहरु बताउँछन् । यो रोगको संकेत पहिलेदेखि देखिएको भए पनि छोरा प्रकाश दाहालको निधनपछि झनै च्यापेको थियो । यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि गरिएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.