No.1 News Portal from Sudurpashchim Province
bajaj

अमेरिकन डलर भनेर कागजको ‘बिटो’ दिएर ठग्न खोज्ने एक व्यक्ति पक्राउ

गोकुलेश्वर । अमेरिकन डलर भनेर कागजको बिटो दिएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौं स्वयम्भू बस्ने ६५ वर्षीय पाल्साङ तामाङ छन् ।
तामाङलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नख्खु खोलाबाट पक्राउ गरेको हो। उनीमाथि ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

pm office

तामाङले बाराको निजगढ नगरपालिका–३ घर भइ भक्तपुर थिमी बस्ने हरिचन्द्र बम्जनलाई आफूसँग ५६ हजार ३५० अमेरिकन डलर रहेको भन्दै सटही गर्नुप¥यो र त्यसबापत केही रकम पाउने भन्दै तारन्तार फोन गरेका थिए । त्यसपछि बम्जनले प्रहरीलाई खबर गराएका थिए ।

बाहिर अमेरिकन डलर राखेरभित्र कागजको खोस्टाको बिटो बनाइएको अवस्थामा जाली नोट प्रहरीले बरामद गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.