No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतीय मिडियाको खुलासाः शरणार्थी प्रकरण देउवाको घरमा पस्यो

pm office

गोकुलेश्वर । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने नाममा शीर्षस्थ नेताहरु नै ठगी प्रकरणमा संलग्न भएको विषय अन्तर्राष्टि रुपमै चर्चामा आएको विषय हो ।

तर, भारतीय एक मिडियाले भने नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भुटानी शरणार्थी प्रकरणमा मुछिएको समाचार प्रकाशन÷प्रशारण गरेको छ । यस प्रकरणमा भारतीय चर्चित अनलाइन मिडिया अमर उजालाले लेखिएको छ, ‘नेपालका महान्यायाधिवक्ताले ३० जना अभियुक्तलाई कारबाही गरिने बताएका छन् । उनीमाथि देशद्रोह, संगठित अपराध, ठगी र किर्तेको आरोप लगाइएको छ। ३० जना अभियुक्त मध्ये १८ जना पक्राउ परेका छन् ।’

समाचारमा शरणार्थी प्रकरणले देउवाको घरमा आँच आएको र उनी श्रीमती आरजु राणाले घुस लिएको संकेत गर्ने अडियो सार्वजनिक भएको जनाएको छ। ‘नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा अहिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा आँच आएको छ,’ समाचारमा लेखिएको छ’–आफ्नी श्रीमती आरजु राणालाई घूस लिएको संकेत गर्ने अडियो क्लिप लिक भएपछि यो विषय फेरि बाहिर आएको छ । यो अडियोको विषयमा प्रहरीले आरजु राणा वा देउवालाई सोधपुछ गरेको छैन ।’

केही दिनअघि यस प्रकरणमा घुस लेनदेनको अडियो बाहिरिएको थियो। जसमा उक्त आवाज सन्देश शर्माको रहेको पुष्टि भइसकेको छ। शर्मा यसै प्रकरणमा अभियुक्त हुन्। अडियोमा शन्देशले आरजु राणालाई अढाई करोरड रुपैयाँ दिएको दावी गरिएको छ ।

उनले ६ करोड रुपैयाँ पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुलाई दिएको पनि वताएका छन् । यो घोटालाको खुलासा भएपछि पुलिसले ३० जना विरुद्ध अनुशन्धान सुरु गरेको थियो। जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझी र पूर्वगृहमन्त्री खाण पनि छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.