No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतले आज धौलीगंगाको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा बाढीको त्रास

गोकुलेश्वर । भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु बिहानैबाट खोलिएका छन्।

pm office

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतवार सूचना प्रकाशित गरेर मंगलवार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको थियो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिएको हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरेको हो । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.