No.1 News Portal from Sudurpashchim Province
bajaj

’बोल्दै नबोलेको’ अभिव्यक्तिले आँचल शर्मा परिसान, बदनाम गर्न खोजेको भन्दै पुगिन् साइबर ब्युरो

गोकुलेश्वर । अभिनेत्री आँचल शर्मालाई अहिले सामाजिक सञ्जालकै कारण एउटा ’भाउँतो’ आइलागेको छ ।

आफूले बोल्दै नबोलेको कुराहरू सामाजिक सञ्जालमा आएका भन्दै उनी नेपाल प्रहरीको साइबर ब्युरोसम्म पुगेकी छन् ।

pm office

आँचलले चर्चित अभिनेता दयाहाङ राईलाई ’पाखे गवाँरहरूको अभिनेता’को आरोप लगाइन्’ भन्दै एउटा फेसबुक पेजले पोस्ट गरेपछि आँचलले प्रहरी गुहारेकी हुन् ।

ल्भ्द्य च्भकगति ७ ग्उमबतभ नाम गरेको एक फेसबुक पेजले अभिनेता राईलाई शर्माले गवाँर अशिक्षितहरूको मात्र कलाकार भएको भन्दै पोस्ट गरेको थियो। यद्यपि उक्त पेजले अहिले यो अभिव्यक्ति हटाइसकेको छ ।

तर आँचलले उक्त अभिव्यक्ति कहीँ कतै नदिएको र सामाजिक सञ्जालमा आफ्नो बदनाम गर्न खोजिएको उकेरासँग बताइन् । उनले भनिन्, ‘मैले बोल्दै नबोलेको कुरा सामाजिक सञ्जालमा पोष्ट भइरहेको छ । दया दाईले त्यो पेज स्क्रिन सट गरेर पोष्ट गरेपछि अहिले त्यो पेज बन्द भएको छ । यसैको कानुनी कारबाहीका लागि साइबर ब्युरोमा आइपुगेकी छु। हेरुम् अब के हुन्छ ।’

यता अभिनेता राईले पनि आँचलले अहिलेसम्म आफ्नोबारे त्यस्तो बोलेको नसुनेको र एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु, बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म नभएको फेसबुकमा लेखेका छन् ।

राईले थप लेखेका छन्,’सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न अनुरोध गर्छु ।

’नेपालको उत्कृष्ट अभिनेता ठान्ने मानिसहरू मुर्ख र अशिक्षित छन्। उनलाई गवाँर र पाखेको भूमिका मात्रै थाहा हुन्छ,’ उक्त पेजले आँचल शर्मालाई उद्धृत गर्दै यही वाक्य लेखेको थियो ।

अभिनेत्री शर्माले दिएको भनिएको उक्त भ्रमपूर्ण सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि राईले लेखेका छन्।राईले त्यस्ता भ्रमपूर्ण सामग्रीहरू प्रसार नगर्न पनि अनुरोध गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.